परमेश्वरको बारेमा अध्ययन गर्ने विषयलाई ईश्वरशास्त्र भनिन्छ। परमेश्वरको अस्तित्वको विषयमा सृष्टिवाद र मानवतावाद गरी मुलतः दुई किसिमका धारणाहरू रहेका छन्। सृष्टिवाद परमेश्वर-केन्द्रित ख्रीष्टियन दृष्टिकोण हो। यसले सर्वशक्तिमान परमेश्वर नै सारा जगतका सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा जोड दिन्छ। मानवतावाद चाहिँ मानिस-केन्द्रित धारणा हो जुन विकासवाद र बिग ब्याङ्ग जस्ता सिद्धान्तहरूमा आधारित छ। यसले सृष्टिकर्ता परमेश्वरको अस्तित्वलाई स्वीकार्दैन र मानिसको काल्पनिक सिद्धान्तलाई जोड दिन्छ।